Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिआयोगले लेखकलाई बयानमा बोलायो, ओलीलाई पनि बोलाउने तयारी

आयोगले लेखकलाई बयानमा बोलायो, ओलीलाई पनि बोलाउने तयारी


काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई भदौ २३ र २४ गतेको घटनासम्बन्धी बयानका लागि जाँचबुझ आयोगले बोलाएको छ ।

आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको आयोगका एक पदाधिकारीले बताएका छन् ।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन थालेको हो । हाल सम्म आयोगले १४६ जना सँग बयान लिईसकेको छ । हिजो मात्रै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन सँग बयान लिएको थियो । बालेन सँग आयोगले लगभग दुई घण्टा लामो बयान लिएको हो ।

उनीसँगको बयान सकिए सँगै तत्कालिन गृहमन्त्ती तथा प्रधानमन्त्तीलाई बयानका लागिबोलाउने तयारी आयोगले यस अघि नै गरेको थियो ।

सोही अनुरुप आज लेखकलाई पत्राचार गरिएको छ । यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आयोगले बयानका लागि बालाउने तयारी गरेको छ ।

 



तपाईको प्रतिक्रिया