Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Thursday, March 5, 2026
गृहपृष्ठराजनीतिहर्क साम्पाङले निलम्बन गरेका डा मित्र परियार नेकपामा प्रवेश

हर्क साम्पाङले निलम्बन गरेका डा मित्र परियार नेकपामा प्रवेश


काठमाडौँ ।  हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हात्तीवनस्थित निवासमा पार्टीमा स्वागत गरेका छन् । बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुशीको कुरा भएको बताएका छन् । डा. परियारले पनि जनयुद्ध र त्यसपछि गणतन्त्र स्थापनामा प्रचण्डले गरेको योगदानबाट आफू प्रभावित भएको बताएका छन् । उनले अब दलित मुक्ति आन्दोलनमा नयाँ उचाइमा पु¥याउन योगदान गर्ने बताए । उनलाई तत्काल केन्द्रीय सदस्य र बाँकी जिम्मेवारी थप छलफलपछि दिइने तयारी रहेको प्रचण्ड निकट एक नेताले जानकारी दिए ।



तपाईको प्रतिक्रिया