Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Thursday, March 5, 2026
गृहपृष्ठराजनीतिबालेनलाई प्रधानमन्त्री बनाउन रास्वपा तयार, आन्तरिक गृहकार्यमा टोली

बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपा तयार, आन्तरिक गृहकार्यमा टोली


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङको उज्यालो नेपाल र बालेन शाह समूहबीच एकताका लागि रास्वपाले ठोस प्रस्ताव पेश गरेको छ । रास्वपाको प्रस्तावमा छलफल गरि सकेसम्म आजै निर्णयमा पुग्ने प्रयास भइरहेको  छ ।

बालेननिकट स्रोतले दिएको जानकारी अनुसार रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सार्न सहमत भएको छ ।

यस्तै, ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पार्टीमा दोस्रो बरियता दिन तयार भएको छ ।

यी विषय करिब टुंगिएकाले पार्टीको केन्द्रीय समिति, समानुपातिक र प्रत्यक्षतिरको बाँडफाँडमा सहमति जुटे आजै निष्कर्ष निस्किने बताएको छ ।

पार्टीमा बालेनको पद वा बरियता के हुने भन्नेमा छलफल भइरहेको बताइएको छ । रास्वपा स्रोतका अनुसार बालेनले पार्टीमा कुनै पद दाबी गरेका छैनन् । बिहीबारको भेटमा लामिछानेले बालेनसँग समानुपातिका ७०-३० प्रतिशत बाँडफाँड गर्ने प्रस्ताव गरेका थिए, यसमा कुलमान पनि थपिने भएपछि थप छलफल हुनेछ ।



तपाईको प्रतिक्रिया