स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री गौतम
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताएकी छिन् । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आज भएको छलफलमा उनले स्वास्थ्य बीमालाई दिगो बनाउन विज्ञ सहितको समिति गठन गरी समस्या र चुनौतीहरू पहिचान गरी निराकरणको थालनी गरिएको बताइन् ।
‘सरुवा रोग तथा नसर्ने रोगको वर्तमान अवस्था, स्वास्थ्य बीमाको कार्यान्वयन र यसको समस्या तथा चुनौतीलगायत समितिले यसअघि दिएका निर्देशनहरूको कार्यन्वयनको प्रगति अवस्था’ बारे केन्द्रित छलफलमा डा गौतमले स्वास्थ्य बीमा झन्झटिलो प्रक्रिया बनेकामा यसलाई हटाउन होइन मिलाउनमा लागिपरिरहेको बताइन् ।
मन्त्री गौतमले भनिन्, “स्वास्थ्य बीमा बोर्डमा आबद्ध प्रथम सेवा बिन्दुको व्यवस्थापन गर्नुपर्नेछ । बीमा ऐनको दफाहरूमा पनि धेरै परिमार्जन गर्नुपर्ने आवश्यकता छ त्यसमा पनि हामी विचार गर्देछौँ ।”
मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष लगायतसँग बृहत् छलफल गरी सुधारका कार्य द्रुत गतिमा अघि बढेको र स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दीका लागि मन्त्रिपरिषद्बाट सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) लागि पूर्वस्वीकृति प्राप्त भई कार्य भइरहेको छ । यसैगरी मन्त्री गौतमले स्वास्थ्य बीमाबापत अस्पतालहरूलाई भुक्तानी हुन बाँकी सात अर्ब बक्यौता रकम अर्थ मन्त्रालयबाट निकासाका लागि पठाइएको बताइन् ।
डा गौतमले स्वस्थ्य जीवनशैली तथा खानपानमा सुधार गरेर नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सबैजना लाग्नुपर्ने र यसलाई थप प्रचार तथा प्रवद्र्धनको आवश्यकता औँल्याइन् ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया