Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिपूर्व गृहमन्त्री रमेश लेखकमाथिको स्थान हद फुकुवा

पूर्व गृहमन्त्री रमेश लेखकमाथिको स्थान हद फुकुवा


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकमाथिको स्थान हद फुकुवा भएको छ ।

गत भदौ २३/२४ मा भएको घटनासम्बन्धी जाँचबुझ आयोगले छानबिनका लागि लेखकको विदेश भ्रमणका साथै अनुमतिबिना उपत्यका छाड्ने नपाउने व्यवस्था गरेको थियो ।  आयोगको उक्त निर्णय बिहीबार (पुस १७) बाट फुकुवा गरिएको हो ।

आयोगले सोमबारदेखि लेखकको बयान लिएको थियो। उनको बयान सकिएपछि आयोगले स्थान हद फुकुवा गरेको हो । अब आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ। त्यसका लागि पत्र लेख्ने आयोगको तयारी छ ।



तपाईको प्रतिक्रिया