Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिनिकोलससँग वार्ता गर्न अजयभद्र खनालको संयोजकत्वमा समिति गठन

निकोलससँग वार्ता गर्न अजयभद्र खनालको संयोजकत्वमा समिति गठन


काठमाडौं । १० दिनदेखि अनसनरत डा. निकोलस भुसालसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १० दिनदेखि विभिन्न माग राख्दै अनशन बसेका भुसालसँग वार्ता गर्न समिति गठन गरेको हो ।

भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीको प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा समिति गठन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उक्त वार्ता टोलीमा ३ सदस्यसमेत रहेका छन् ।

सदस्यहरुमा प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा। भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।

भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश खारेजीलगायतका विभिन्न मागहरु राखेर माइतीघरमा अनशन बसेका थिए । बुधबार उनको स्वास्थ्यमा समस्ंया आएपछि उपचारको लागि वीर अस्पतालमा लगिएको छ । उनको अहिले उपचार जारी छ ।



तपाईको प्रतिक्रिया