Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिदेउवा र प्रचण्डलाई जाँचबुझ आयोगको प्रश्नपत्र, लिखित जवाफ पठाए पनि हुने

देउवा र प्रचण्डलाई जाँचबुझ आयोगको प्रश्नपत्र, लिखित जवाफ पठाए पनि हुने


काठमाडौँ । भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लाई प्रश्नपत्र पठाएको छ।

दुबै जनालाई त्यस घटनासँग सम्बन्धित प्रश्न पठाइएको आयोग स्रोतले जनायो ।

न्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले घटनामा १९ जना युवाको ज्यान जाने गरी भएको राज्य–प्रतिक्रिया, त्यसपछिको अराजकता र समग्र शासकीय कमजोरीको अध्ययन गरिरहेको छ ।

स्रोतका अनुसार देउवा र दाहाललाई बयानकै शैलीमा प्रश्न पठाइएको हो । ओलीलाई भने औपचारिक पत्रमार्फत बयानका लागि उपस्थित हुन भनिने तयारी छ । आयोगको निर्णयअनुसार ओलीमाथि उपत्यका छाड्न नपाउने तथा विदेश भ्रमणमा रोक लगाउने व्यवस्था यथावत् छ ।

आन्दोलनका दिनहरूमा जिम्मेवारीमा रहेका प्रशासनिक र प्रहरी नेतृत्वसँग बयान लिइसकेपछि आयोग राजनीतिक तहसँग संवादमा प्रवेश गरेको हो । यसले घटनालाई केवल सुरक्षा चुकावटको विषयमा सीमित नराखी निर्णय–प्रक्रिया, राजनीतिक निर्देशन र संस्थागत संरचनासम्म केलाउने संकेत दिएको छ ।



तपाईको प्रतिक्रिया