‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य रहेको बताएका छन् ।
२८औँ भूकम्प सुरक्षा दिवसका अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम कम गर्न दीर्घकालीन जनचेतना आवश्यक भएको बताए ।
‘पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एक दिनको सचेतना फैलाएर सकिने कार्यक्रमका रूपमा भूकम्प सुरक्षालाई सीमित गर्नु हुँदैन’, गृहमन्त्री अर्यालले भने, ‘विद्यालय, अस्पताल, सरकारी कार्यालय, उद्योग तथा समुदायसम्म पुग्ने गरी जनचेतना अभिवृद्धि गर्नुपर्छ ।’
भूकम्प तथा बहुविपद् जोखिम न्यूनीकरणका लागि सरकारले महत्त्वपूर्ण नीतिगत तथा संरचनात्मक पहल गरेको उल्लेख गर्दै उनले विपद्सम्बन्धी कानूनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताए ।
भूकम्पको पहिलो प्रतिकार्य स्थानीय तहबाटै हुने भन्दै मन्त्री अर्यालले सुरक्षा निकाय र समुदायबीच कृत्रिम अभ्यास (मक ड्रिल)हरुलाई प्राथमिकता दिन निर्देशन दिए ।
भूकम्प र अन्य विपद्बाट बच्न भवनसंहिता कार्यान्वयनको सन्देश कडा रूपमा प्रवाह गर्न जरुरी रहेको र यसका कुनै खाले सम्झौता नगर्न उनले निर्देशन दिए ।
‘अब हाम्रा कार्यक्रम परिणाममुखी होउन्, भाषणमुखी होइन, व्यवहार परिवर्तनमा केन्द्रित होस् । विद्यालय र युवालाई केन्द्रमा राखियोस्, किनकि भोलिको सुरक्षित नेपाल आजका युवाबाटै निर्माण हुन्छ । स्थानीय तहको सक्रिय सहभागिता सुनिश्चित गरियोस्’, मन्त्री अर्यालले भने ।
भूकम्प सुरक्षा केवल सरकारको मात्र दायित्व नभएको उनको भनाइ छ । ‘यसका लागि निजी क्षेत्र, विकास साझेदार, सञ्चार माध्यम, नागरिक स्वयम्को भूमिका पनि अहम् हुन्छ र सबैको साझा प्रयास बिना सुरक्षित नेपाल सम्भव छैन’, मन्त्री अर्यालले भने ।
मन्त्री अर्यालले पूर्वतयारी तथा जोखिम न्यूनीकरणको प्रयत्नबाट भूकम्पीय जोखिम न्यून गर्न सकिने भएकाले सुरक्षित, सक्षम र विपद् उत्थानशील नेपाल निर्माणतर्फको साझा सङ्कल्पको खाँचो औँल्याए ।
बैठकले यसवर्षको भूकम्प सुरक्षा दिवसको मूल नारा ‘सबै तहको सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ तय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आगामी माघ २ गते मूल समारोह समितिको कार्यक्रम हुनेछ ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाका सहायक रथी र विपद् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए । रासस
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया