Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिरास्वपाले सोमबार बृहत्त एकता घोषणा सभा गर्दै

रास्वपाले सोमबार बृहत्त एकता घोषणा सभा गर्दै


काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ।

रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो।

यस्तै आजै मात्र नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका रूपन्देही जिल्ला अध्यक्षसहितका नेताहरू रास्वपा प्रवेश गर्न लागेका छन्। रास्वपामा अन्य थरूहट, थारूवान नेताहरू पनि रास्वपा प्रवेशको तयारी गरेका छन्।

पार्टी प्रवक्ता मनिष झाका अनुसार ‘नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वहरू, थरूहट थारूवान,अभियन्ताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत राजनीतिक समायोजन घोषणा सभा हुने छ ।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। भोलि हुने सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

 



तपाईको प्रतिक्रिया