Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिजेलबाट छुटेपछि पहिलोपटक सचिवालय बैठकमा रवि लामिछाने

जेलबाट छुटेपछि पहिलोपटक सचिवालय बैठकमा रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय समितिमा लैजाने एजेण्डाहरु तय गर्नका लागि सचिवालय बैठक बसिरहेको हो ।पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको पहिलो सचिवालय बैठक रहेको झाको भनाइ छ ।

लामिछाने पुस ४ गते रिहा भएका हुन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा गरेर लामिछाने कारगारबाट छुटेका हुन् ।

उनलाई सुरुमा रुपन्देही कारागारमा राखिएको थियो । तर, उनी आफैँले जेल सरुवा मागेपछि ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो । बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन् ।

केन्द्रीय समिति बैठकका लागि पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण गर्ने एजेण्डाहरु तय भएका छन् ।

बैठकमा समानुपातिकको बन्दसूचीमा रहेको नामबारे पनि छलफल हुने जनाइएको छ। दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक आह्वान भएपनि अहिलेसम्म सुरु हुन सकेको छैन । केन्द्रीय समिति अघिअहिले सचिवालय बैठक बोलाइएको हो ।



तपाईको प्रतिक्रिया