Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिरास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको अरनिको घोषणा

रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको अरनिको घोषणा

नाम फिर्ता लिनेको संख्या ६


काठमाडौं । योजना आयोगका पूर्व सदस्य तथा रास्वपाका केन्द्रीय सदस्य डा.अरनिको पाँडेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका हुन् । यस सँगै रास्वापाको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ जना पुगेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै डा। पाँडेले बन्दसूचीमा रहिरहनुको औचित्य नदेखिएको स्पष्ट पारेका छन् ।
पाँडेका अनुसार, अघिल्लो राति सम्पन्न केन्द्रीय समितिको बैठकमा नै उनले आफ्नो नाम सूचीबाट हटाउन नेतृत्वलाई जानकारी गराइसकेका थिए । ‘पछिल्लो समय विकसित राजनीतिक परिस्थितिमा रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहनुको औचित्य नदेखी मैले बैठकमा साथीहरूलाई नाम हटाउने निर्णय सुनाएँ,’ उनले उल्लेख गरेका छन् ।

डा. पाँडेको यो घोषणासँगै रास्वपाको समानुपातिक सूचीबाट हट्नेहरूको संख्या आधा दर्जन पुगेको छ । यसअघि नै चर्चित अनुहारहरू आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, सञ्चारकर्मी तथा अभिनेता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारीबाट अलग हुने घोषणा गरिसकेका छन् ।



तपाईको प्रतिक्रिया