बालेनमाथि लाग्यो राजनीतिक बार्गेनिङको आरोप
काठमाडौं । राजनीतिक दलबीच चुनावी रणनीति र तालमेललाई लिएर विवाद चुलिंदै गर्दा, बालेन साहमाथि लौरो चुनाव चिह्नलाई राजनीतिक बार्गेनिङको उपकरण बनाएको आरोप लागेको छ।
बुद्धनगरस्थित एक बैंक्वेटमा बिहीबार आयोजित लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानको विशेष भेला तथा पत्रकार सम्मेलनमा बालेनमाथि लौरो चुनाव चिह्नलाई निजी स्वार्थमा प्रयोग गरेको आरोप लगाइएको छ ।
बालेन र उनको टिमले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुनिश्चित सम्मानजनक र आधिकारिक रुपमा फिर्ता गर्नु पर्ने अभियन्ताहरुले बताएका छन् । देशभरका स्वतन्त्र व्यक्ति र लौरो अभियानका अभियान्ताहरुले लौरो चुनाव चिह्नलाई रुपान्तरण र पुस्तान्तरणको अभियानमा प्रयोग गरेको बताए । उनीहरुले लौरो चिह्न व्यक्ति समूह तथा गुटको निजी सम्पत्ति कहिल्यै पनि नरहेको बताएका छन् ।
राजनीतिक विश्लेषकहरूले यस कदमले आगामी निर्वाचन रणनीतिमा असर पर्न सक्ने र दलभित्र असन्तुष्टिलाई बढाउने चेतावनी दिएका छन्।
पार्टी र सम्बन्धित पक्षले यस विषयमा औपचारिक जवाफ जारी गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया