Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिप्रचण्डलाई गीतसहितको पत्र लेख्दै रहबरले माओवादी पार्टी छाडे

प्रचण्डलाई गीतसहितको पत्र लेख्दै रहबरले माओवादी पार्टी छाडे


काठमाडौं । माओवादीबाट प्रदेश सांसद निर्वाचित रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन्। रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरू मार्फत रहबरले पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।

मधेसबाट निर्वाचित सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्षका रूपमा सम्बोधन गरेका छन्। प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम परिवर्तन गरेको केही महिनापछि रहबरले यस्तो कदम चाल्नु पार्टीभित्र राजनीतिक असन्तुष्टिको संकेत मानिएको छ।

रहबरले आफ्नो पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहने तर अन्ततः सत्ता र सुविधा खोज्ने अवसरवादीहरू, र वास्तविक शहीदहरूलाई समर्पित गरिएको उल्लेख गरेका छन्।



तपाईको प्रतिक्रिया