एनआरएनए अमेरिकामा गुटबन्दी, बब्लु गुप्ताको भ्रमणलाई लिएर फरक–फरक दाबी
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर विवाद चर्किएको छ । गैरआवासीय नेपाली संघ अमेरिका अर्थात् एनआरएनए अमेरिकाका नाममा दुई फरक–फरक विज्ञप्ति सार्वजनिक भएपछि भ्रम थपिएको हो ।
एनआरएनए अमेरिकाका दुई गुटले मन्त्री गुप्ताको भ्रमणबारे परस्पर विरोधी दाबी गर्दै छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । एक विज्ञप्तिमा मन्त्रीलाई कुनै पनि कार्यक्रमका लागि नबोलाइएको भनिएको छ भने अर्को विज्ञप्तिमा भने औपचारिक रूपमा बोलाइएको दाबी गरिएको छ ।
पहिलो विज्ञप्ति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका — एनआरएनए एसीसी युएसएको नाममा जारी गरिएको हो । संस्थाका प्रवक्ता सन्देश उप्रेतीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिका भ्रमणमा नबोलाइएको स्पष्ट उल्लेख गरिएको छ ।
विज्ञप्तिमा एनआरएनए एसीसी युएसएको नाम दुरुपयोग गर्दै अनधिकृत कार्यक्रम सञ्चालन भइरहेको, संस्थाको इआइएन नम्बर र वेबसाइटसमेत गलत प्रयोजनमा प्रयोग भइरहेको गम्भीर आरोप लगाइएको छ । साथै मानव तस्करीजस्ता गैरकानूनी गतिविधि भइरहेको विश्वसनीय जानकारी प्राप्त भएको दाबीसमेत गरिएको छ ।
संस्थाले आफूहरू कानूनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएको बताउँदै, अनुमति र निर्णयविना गरिएका कुनै पनि कार्यक्रमसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । मन्त्री गुप्तालाई अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रममा आमन्त्रण नगरिएको भन्दै यस्ता अनधिकृत कार्यक्रममा हुने यात्रा, आवास वा अन्य खर्चप्रति आफूहरू जिम्मेवार नहुने उल्लेख गरिएको छ ।
यस विषयमा नेपालस्थित अमेरिकी दूतावासलाई समेत औपचारिक जानकारी गराइने विज्ञप्तिमा जनाइएको छ ।
यता, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका — एनसीसी अमेरिकाका प्रवक्ता द्रोण गौतमले अर्को विज्ञप्ति जारी गर्दै मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणको बचाउ गरेका छन् ।
उनका अनुसार युवा तथा खेलकुदमन्त्री केवल सरकारका सदस्य मात्र नभई विदेशमा रहेका नेपाली युवासहित सम्पूर्ण नेपाली समुदायका साझा मन्त्री भएकाले एनआरएनएले अन्तरक्रियाका लागि बोलाएको हो ।
विज्ञप्तिमा ‘पोस्ट जेन्जी रिभोलुसनपछि नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुप्तालाई आमन्त्रण गरिएको दाबी गरिएको छ । साथै उक्त कार्यक्रममा हुने सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने र नेपाल सरकारलाई कुनै पनि आर्थिक भार नपर्ने स्पष्ट पारिएको छ ।
कार्यक्रम टेक्सासको डालसमा आयोजना हुने र विस्तृत विवरण तथा सेडुल अन्तिम भएपछि सार्वजनिक गरिने जनाइएको छ ।
एनआरएनए अमेरिका विभाजित अवस्थामा रहेकाले दुई गुटबाट फरक–फरक विज्ञप्ति सार्वजनिक भएको बुझिएको छ । यसले मन्त्रीको भ्रमणलाई लिएर थप अन्योल र विवाद सिर्जना गरेको छ ।
यस विषयमा मन्त्री बब्लु गुप्ता वा नेपाल सरकारको औपचारिक धारणा आउन बाँकी छ ।

ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया