Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिएमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार बैठक भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा आयोजना हुनेछ ।

बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । यसअघि पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै दोस्रो बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

यसपटकको बैठक प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुने भएकाले, एमालेका सचिव डा. राजन भट्टराईका अनुसार केन्द्रीय सदस्य मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्यविभाजन भोलि हुने बैठकमा गरिने छैन ।



तपाईको प्रतिक्रिया