विवाद चुलिएपछि खेलकुद मन्त्री गुप्ताले स्थगित गरे अमेरिका भ्रमण
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी माघ ३ गते तय गरिएको अमेरिका भ्रमण स्थगित गरेका छन्।
मन्त्री गुप्ताका स्वकीय सचिव विनोद रिमालका अनुसार, भिसा लगायतका तयारीका लागि पर्याप्त समय नपरेकाले मन्त्री गुप्ताले अहिलेका लागि अमेरिका नजाने निर्णय लिनु परेको हो।
यसअघि मन्त्रिपरिषद्ले अमेरिकामा आयोजना हुने “रोल अफ युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोलुसन” कार्यक्रममा सहभागी हुन मन्त्री गुप्तालाई स्वीकृति दिएको थियो। कार्यक्रम विकास उप्रेती अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ ९एनआरएनए०–अमेरिकाले आयोजना गर्न लागेको थियो। तर सतेन्द्र शाह अध्यक्ष रहेको अर्को एनआरएनए–अमेरिकाले मन्त्री गुप्तालाई बोलाएको छैन भन्दै विज्ञप्ति जारी गरेपछि भ्रमण विवादित बनेको थियो।
एनआरएनए–अमेरिकाका तीन समूहमध्ये उप्रेतीको समूहले टेक्सासको डलासमा युवा सम्मेलन आयोजना गर्न लागेको थियो। उप्रेतीका अनुसार सम्मेलन जेनजी आन्दोलनपछि युवाहरूको भूमिकाबारे केन्द्रित हुनेछ। कार्यक्रमको आयोजनामा युवा आशिस संग्रौलाको भूमिका रहेको थियो।
मन्त्री गुप्ताले भ्रमण तालिका पक्का नगरेकाले कार्यक्रमको मिति र स्थान तय नभएको र माघ ६ मा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता हुनुपर्ने भएकाले अमेरिका भ्रमण अघि फर्कन चाहेको रिमालले जानकारी दिएका छन्।
रास्वपा, बालेन शाह र कुलमान घिसिङबीचको सहमतिपछि मन्त्री गुप्ता सक्रिय देखिएका थिए। उनले तीन जनासँग फोटोसमेत खिचाएका थिए। यद्यपि प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय सरकारमा उनी कुनै पार्टी निकट भएको भन्दै राजीनामा मागेको सार्वजनिक भएको थियो।
स्वकीय सचिव रिमालका अनुसार, अमेरिका भ्रमण तीन साताअघि नै तय भएको थियो। बीचमा मन्त्रिपरिषद् बैठक नबसेकाले स्वीकृति केही दिनअघि मात्र दिइएको थियो। कार्यक्रममा मन्त्री गुप्ताको खर्च अमेरिकाकै आयोजकले व्यहोर्ने व्यवस्था थियो।
भ्रमणमा मन्त्री गुप्ता मात्र सहभागी हुने र अन्य कोही नजाने योजना रहेको रिमालको भनाई थियो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया