गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् ।
उनले आफू गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने जनाएका छन् । “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,” सुधनले फेसबुकमा लेखेका छन् ।
आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने उनले उल्लेख गरेका छन् । “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात,” उनले फेसबुकमा लेखेका छन्, “नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।”
गुरुङले रास्वपाको एकीकरणमा अहम् भूमिका खेलेका थिए । तर, उनी स्वयम् भने रास्वपा प्रवेश गरेका छैनन् । पदाधिकारीका आकांक्षी भए पनि केन्द्रीय सदस्य मात्रै पाउने भएपछि उनी रास्वपा नगएका हुन् । बुझिएअनुसार गुरुङले रास्वपाको समर्थनमा चुनाव लड्न चाहेका छन् । उनको अलग्गै पार्टी छैन । कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्ने उनले स्पष्ट पारेका छैनन् ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया