Techie IT
  • शनिबार, पुस २६, २०८२ / Saturday, January 10, 2026
गृहपृष्ठराजनीतिगोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा

गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा


काठमाडौं । जेनजी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका छन् ।

उनले आफू गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने जनाएका छन् । “गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु,” सुधनले फेसबुकमा लेखेका छन् ।

आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने उनले उल्लेख गरेका छन् । “आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात,” उनले फेसबुकमा लेखेका छन्, “नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल ।”

गुरुङले रास्वपाको एकीकरणमा अहम् भूमिका खेलेका थिए । तर, उनी स्वयम् भने रास्वपा प्रवेश गरेका छैनन् । पदाधिकारीका आकांक्षी भए पनि केन्द्रीय सदस्य मात्रै पाउने भएपछि उनी रास्वपा नगएका हुन् । बुझिएअनुसार गुरुङले रास्वपाको समर्थनमा चुनाव लड्न चाहेका छन् । उनको अलग्गै पार्टी छैन । कुनै पार्टीबाट वा स्वतन्त्र लड्ने भन्ने उनले स्पष्ट पारेका छैनन् ।



तपाईको प्रतिक्रिया