Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिपृथ्वी जयन्तीमा ओलीको सन्देश: ध्वंश होइन, निर्माण र विकासको मनोबल बढाऔँ

पृथ्वी जयन्तीमा ओलीको सन्देश: ध्वंश होइन, निर्माण र विकासको मनोबल बढाऔँ


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले आगजनी, ध्वंश र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाउनुपर्नेमा जोड दिए ।

उनले सन्देशमा लेखेका छन्, “आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔँ। सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना !”

अध्यक्ष ओलीको सन्देशले राष्ट्रिय एकता, सकारात्मक सोच र विकासमुखी अभियानलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।



तपाईको प्रतिक्रिया