Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिनेकपाका केन्द्रीय सदस्यलाई आज शपथ ग्रहण

नेकपाका केन्द्रीय सदस्यलाई आज शपथ ग्रहण


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज आफ्ना केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउँदैछ।

पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ। पार्टी एकतापछि चयन भएका केन्द्रीय सदस्यहरूलाई औपचारिक रूपमा जिम्मेवारी दिलाउन शपथ कार्यक्रम राखिएको हो।

कात्तिक २९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दर्जनभन्दा बढी वामपन्थी घटकबीच एकता भएपछि नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। एकतापछि पार्टीले संगठनात्मक संरचना निर्माण गर्दै आएको छ।

पार्टी एकतापछि आयोजित यो शपथ ग्रहण कार्यक्रमलाई नेकपाको आगामी राजनीतिक गतिविधिका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।



तपाईको प्रतिक्रिया