Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिकुलमान घिसिङ नेकपासँग सहकार्यमा आउने प्रचण्डको दाबी

कुलमान घिसिङ नेकपासँग सहकार्यमा आउने प्रचण्डको दाबी


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङ अन्ततः नेकपासँग सहकार्यमा आउने विश्वास व्यक्त गरेका छन्।

एक कार्यक्रममा आयोजित पत्रकार भेटघाटका क्रममा प्रचण्डले कुलमानसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै सहकार्यको सम्भावना बलियो रहेको बताएका हुन्। उनले भने, “उहाँ अन्ततः नेकपासँग नै सहकार्य गर्न आउनु पर्ने र आउनु हुनेछ भन्ने भरोसा छ।”

प्रचण्डका अनुसार नेकपाका तर्फबाट विभिन्न तहमा कुलमान घिसिङसँग छलफल र संवाद भइरहेको छ। “कुनै न कुनै रूपमा साथीहरूले विभिन्न तहमा उहाँसँग संवाद गरिरहेका छन्,” उनले भने।

उज्यालो नेपाल पार्टीमार्फत अलग ढंगले राजनीतिक यात्रा अघि बढाइरहेका घिसिङप्रति सहानुभूति र सम्मान रहेको प्रचण्डले स्पष्ट पारे। “उहाँले त्यहाँबाट अलग्गिएर आफ्नो ढंगले अगाडि बढ्ने कोसिस गर्नु भएको छ, त्यसप्रति हाम्रो सहानुभूति छ र भरोसा पनि छ,” प्रचण्डले भने।

नेकपाले आगामी दिनमा वामपन्थी एकता र सहकार्यलाई थप विस्तार गर्ने रणनीति लिएको सन्दर्भमा प्रचण्डको यो अभिव्यक्तिलाई महत्त्वका साथ हेरिएको छ।



तपाईको प्रतिक्रिया