Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिसुमन सायमी नेकपामा प्रवेश, काठमाडौं–८ बाट चुनावी तयारी

सुमन सायमी नेकपामा प्रवेश, काठमाडौं–८ बाट चुनावी तयारी


काठमाडौँ । काठमाडौंका रैथाने समुदायमा परिचित नेता सुमन सायमी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन् । सायमीसहित केही नेताहरू नेकपामा प्रवेश गर्न लागेका हुन् । पार्टी एकताको औपचारिक कार्यक्रम भोलि भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिएको छ ।

उपाध्यक्ष सायमीले  भने, “राष्ट्रिय मुक्ति पार्टी क्रान्तिका लागि तयार गरेको थिएँ। तर जेनजी आन्दोलनपछि राजनीतिक परिस्थितिमा धेरै परिवर्तन आएको छ। वैकल्पिक शक्ति एक ठाउँमा बस्न खोजेको हो, तर हामी हाम्रो विचारलाइनमा बस्न सकेनौँ।”

साथै उनले थपे, “हाम्रो माग, मुद्दा र विचार मिल्ने आधारमा नेकपा नै उपयुक्त देखियो। भोलि काठमाडौंमा हुने घोषणासभामा हामी ठूलो टिमसँगै प्रवेश गर्दैछौँ।”

सायमीलाई नेकपाले पोलिटब्युरो सदस्यको रूपमा भित्र्याउने तयारी गरेको पनि उनले जानकारी दिए।

नेकपाले मंगलबार २ हजार ४९९ केन्द्रीय कमिटी सदस्यलाई शपथ ग्रहण गराउने र बुधबार काठमाडौंमा समाहित समूहको लागि विशेष घोषणासभा आयोजना गर्ने जनाएको छ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उनी नेकपाबाट काठमाडौं क्षेत्र नम्बर–८ मा उम्मेदवार बन्ने तयारीमा छन् । निर्वाचनको केही समयअघि पार्टी एकता गरेर चुनावी मैदानमा उत्रिने उनको रणनीति देखिन्छ ।

 



तपाईको प्रतिक्रिया