१६४ जना समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा रहेका १६४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले यसबारे जानकारी दिँदै, सम्बन्धित दललाई फिर्ता लिएका उम्मेदवारको ठाउँमा नयाँ नाम पठाउन निर्देशन दिइएको बताए।
आयोग स्रोतका अनुसार, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७८ जना उम्मेदवारले फिर्ता लिएका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका २१ जनाले पनि आफ्नो नाम हटाएका छन्। यी दुई दलबीच भएको एकताको कारण, लोसपा तर्फका उम्मेदवारको नाम हटाएर जसपाको सूचीमा समावेश गरिएको हो।
अन्य दलमा फिर्ता लिएका उम्मेदवारको विवरण यसप्रकार छ:
जनमत पार्टी – २० जना
राष्ट्रिय प्रजातन्त्र पार्टी – १२ जना
जनादेश पार्टी नेपाल – ६ जना
नेकपा एमाले – ५ जना
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – ४ जना
राष्ट्र निर्माण दल नेपाल – ४ जना
साथै, अन्य साना दलबाट पनि उम्मेदवारी फिर्ता लिएका छन्:
उन्नत लोकतान्त्रिक पार्टी – २ जना
नेपाली कम्युनिस्ट पार्टी – २ जना
नेपाली कांग्रेस – २ जना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २ जना
गतिशील लोकतान्त्रिक पार्टी – १ जना
नागरिक उन्मुक्ति पार्टी – १ जना
नेपाल जनता पार्टी – १ जना
प्रगतिशील लोकतान्त्रिक पार्टी – १ जना
संघीय लोकतान्त्रिक पार्टी – १ जना
संयुक्त नागरिक पार्टी – १ जना
निर्वाचन आयोगले फिर्ता लिएका उम्मेदवारको ठाउँमा नयाँ व्यक्तिको नाम समावेश गर्दै माघ ४ गते बन्दसूचीको नामावली प्रकाशित गर्ने तयारी गरेको छ। यसबारे दाबी वा विरोधको उजुरी दर्ता गर्न माघ ५ देखि माघ १० गतेसम्म समय राखिएको छ। आयोगले उजुरीको अध्ययन माघ ११ देखि माघ १७ गतेसम्म गर्नेछ। आवश्यक परे नाम हटाउने वा सुधार गर्ने सूचना माघ १९ गते प्रकाशित गरिनेछ। अन्तिम समानुपातिक उम्मेदवारको सूची माघ २० गते सार्वजनिक गरिनेछ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक तर्फबाट ११० जना निर्वाचित हुनेछन् भने प्रत्यक्ष तर्फ १६५ जना निर्वाचित हुनेछन्। प्रत्यक्ष तर्फको मनोनयन दर्ता माघ ६ गते हुँदैछ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया