गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै नेतृत्व हस्तान्तरणको माग
काठमाडौँ । नेपाली कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि विशेष महाधिवेशन पक्षले संस्थापन समूहसँग वार्ता अघि बढाउँदै आठ बुँदे नयाँ प्रस्ताव तयार पारेको छ। प्रस्तावको प्रमुख अंश गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने रहेको छ।
महामन्त्री विश्वप्रकाश शर्माले सानेपामा पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रस्ताव पठाएर सहमतिको प्रयास गरिरहेका छन्। कांग्रेसभित्र देखिएको विवादलाई संवाद र सहमतिबाट समाधान गर्ने उद्देश्य प्रस्तावमा उल्लेख गरिएको छ।
यसअघि सभापति शेरबहादुर देउवासँग भएको छलफलमा गगन थापा र विश्वप्रकाशले देउवालाई सक्रिय राजनीतिबाट केही समय विश्राम लिन आग्रह गरेका थिए। साथै, आउँदो प्रतिनिधि सभा निर्वाचनमा टिकट वितरण कार्यवाहक सभापतिको हस्ताक्षरबाट हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग अघि सारिएको थियो।
संस्थापन पक्षले केही बुँदामा लचकता देखाएको भए पनि, कार्यवाहक सभापतिको हस्ताक्षरमा टिकट वितरणबारे सकारात्मक संकेत दिएको बताइएको छ। प्रस्तावले संगठनात्मक सुधार, नेतृत्व हस्तान्तरणको स्पष्ट खाका र आगामी राजनीतिक दिशामा सहमति खोज्ने लक्ष्य राखेको छ।
विशेष महाधिवेशन पक्षका नेताहरूका अनुसार, गगन थापालाई प्रधानमन्त्री उम्मेदवार बनाउने प्रस्तावले पार्टीमा नयाँ पुस्ताको नेतृत्व अघि बढाउने सन्देश दिनेछ। सहमति जुटेमा कांग्रेस एकीकृत रणनीतिसहित चुनावी मैदानमा उत्रने तयारीमा रहने अपेक्षा गरिएको छ।
आठ बुँदे नयाँ प्रस्ताव :
कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनु पर्ने।
विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने।
प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने।
चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने।
टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने।
निर्वाचन केन्द्रित हुने ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने।
उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने।
विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरू पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने। मागहरु अघि सारिएका छन् ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया