‘पार्टी फुट्न दिन्न’ भन्ने गगनकै नेतृत्वमा आज कांग्रेस तेस्रो पटक विभाजन
काठमाडौँ । “पार्टी फुट्न दिन्न, बरु विष पिउँछु” भन्ने अभिव्यक्ति दिएका महामन्त्री गगन थापाकै नेतृत्वमा नेपाली कांग्रेस आज इतिहासमै तेस्रो पटक विभाजनको अवस्थामा पुगेको छ। विशेष महाधिवेशनलाई लिएर चर्किएको विवादले अन्ततः पार्टीलाई औपचारिक फुटको संघारमा पुर्याएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेपछि विवाद निर्णायक मोडमा पुगेको छ। भृकुटीमण्डपमा समानान्तर रूपमा विशेष महाधिवेशन र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहँदा संस्थापन पक्षले कडा अनुशासनात्मक कारबाही गरेको हो।
गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएका थिए। उनीहरूका अनुसार नियमित महाधिवेशन समयमै हुन नसक्दा नेतृत्व परिवर्तन र संगठन सुधारका लागि विशेष महाधिवेशन आवश्यक थियो।
तर सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले उक्त कदमलाई पार्टी विधान र कार्यविधिविपरीत ठहर गरेको छ। पटक–पटकको वार्ता र सहमतिको प्रयास असफल भएपछि संस्थापन पक्ष कारबाहीको निर्णयमा पुगेको हो।
विशेष महाधिवेशन पक्षधरले भने बन्द सत्रका निर्णयलाई वैध ठहर गर्दै निर्वाचन समिति गठन गरी नेतृत्व चयनको प्रक्रिया अघि बढाएका छन्। सो क्रममा गगन थापाको सभापति पदमा उम्मेदवारी दर्ता भइसकेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, आन्तरिक लोकतन्त्र र नेतृत्व संघर्षको नाममा चर्किएको यो विवादले नेपाली कांग्रेसलाई २००९ र २०५९ सालपछिको तेस्रो ठूलो विभाजनतर्फ धकेलेको छ। एकताका पक्षमा कडा अभिव्यक्ति दिएका नेताकै नेतृत्वमा पार्टी विभाजनको अवस्थामा पुग्नु कांग्रेस इतिहासकै सबैभन्दा ठूलो विडम्बनाका रूपमा हेरिएको छ।
ताजा अपडेट
- ‘पार्टी फुट्न दिन्न’ भन्ने गगनकै नेतृत्वमा आज कांग्रेस तेस्रो पटक विभाजन
- कांग्रेसमा फुटः दुई महामन्त्रीसहित तीन नेता ५ वर्षका लागि निलम्बित
- नेपाली कांग्रेस तेस्रोपटक फुटको संघारमा, विशेष महाधिवेशन विवाद तीव्र
- नेकपासँग उज्यालो नेपालको एकता हुँदैन: कुलमान घिसिङ
- कांग्रेस विशेष महाधिवेशन: निर्वाचन कार्यतालिका ४ बजे सारियो
- गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्दै नेतृत्व हस्तान्तरणको माग
- सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
- सन् २०२५ मा जलवायु विपत्तिः पाँच हजारको मृत्यु, ३६० अर्ब डलर क्षति
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- बैतडीबाट एमालेका दामोदर भण्डारी एकल सिफारिस
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस, विभिन्न कार्यक्रम मनाइँदै
- प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच आज सिंहदरबारमा वार्ता
- नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको झलनाथको चिन्ता, सबै कम्युनिस्ट एक हुन् आह्वान


तपाईको प्रतिक्रिया