लोकप्रिय नारा होइन, देशलाई इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने संकेत गरेका हुन्। उनले २०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको स्मरण गराउँदै गोरखा सहित देशका ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभव सुनाएका छन्।
नेपालजस्तो भूकम्पीय जोखिम भएको देश केवल इन्जिनियरिङ दृष्टिकोणबाट मात्र नबन्ने उल्लेख गर्दै शाहले भूगोल, समाज र नीतिलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। यही बुझाइका साथ भारतमा ‘स्ट्रक्चरल इन्जिनियरिङ’ अध्ययन गरी विदेशमा बस्ने अवसर त्यागेर स्वदेश फर्किएको उनको भनाइ छ।
काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै उनले स्थानीय तहले चाहेमा जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काम गर्न सकिन्छ भन्ने प्रमाणित भएको बताए। महानगरमा सुरु भएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको भनाइ छ।
आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा–५ बाट निर्वाचन लड्ने चर्चाबीच आएको उनको भनाइलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। शाहले आफ्नो अभियान कुनै एक व्यक्तिको नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान भएको स्पष्ट पारेका छन्।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया