आयोगले अन्यथा निर्णय गरे देशैभर आन्दोलन गर्ने देउवा समुहको चेतावनी
वडादेखि राजधानीसम्म चारतारे झन्डा र रूख अंकित झन्डासहित अघि बढ्ने
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टीको विधानविपरीत निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “हामी निर्वाचन आयोगलाई स्पष्ट गर्न चाहन्छौं – यदि आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि मडारिएको कालो बादललाई साथ दिँदै पार्टीको विधान विपरीत निर्णय गर्यो भने, नेपाली कांग्रेसले देशभरि आन्दोलन गर्नेबाहेक विकल्प हुने छैन। वडादेखि राजधानीसम्म चारतारे झन्डा र रूख अंकित झन्डासहित अघि बढ्नेछौं।”
खड्काले विशेष महाधिवेशन पनि अवैधानिक भएको दाबी गर्दै यसले पार्टीमा विभाजन ल्याएको बताए। उनले भने, “४० प्रतिशत प्रतिनिधिले मात्र विशेष महाधिवेशन माग गर्न सक्छन्, तर बोलाउन सक्ने अधिकार केन्द्रीय समितिसँग मात्र छ। गगन थापा र विश्वप्रकाश शर्माले अवैधानिक भेला गरेर पार्टीलाई विखण्डनमा पुर्याए।”
उनले थपे, “हामी १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र मेरो नेतृत्वमा वडा तहसम्म कार्यसमिति सक्रिय छ। क्रियाशील सदस्यता नटुंगिएकोले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय पनि केन्द्रीय कार्यसम्पादनले गरेको छ।”
खड्काको चेतावनीले आगामी दिनमा नेपाली कांग्रेसभित्रको राजनीतिक तनाव अझ बढ्ने संकेत गरेको छ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया