Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिआधिकारिता प्राप्तिपछि गगन नेतृत्वको कांग्रेसको पहिलो बैठक बस्दै

आधिकारिता प्राप्तिपछि गगन नेतृत्वको कांग्रेसको पहिलो बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयनपछि पहिलोपटक बस्न लागेको यो बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना हुने भएको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएसँगै आज केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।



तपाईको प्रतिक्रिया