Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिपूर्णबहादुर खड्का चुनाव नलड्ने

पूर्णबहादुर खड्का चुनाव नलड्ने


काठमाडौँ ।  नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आशन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।

सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा भएका खड्का प्रचार– प्रसारका लागि देशभर जाने तर निर्वाचन नलड्ने निर्णयमा पुगेका उनी निकट स्रोतले जानकारी दियो ।

उनले पार्टीलाई एक ढिक्का बनाउन देशभर रुख र चार तारे झण्डाको प्रचार प्रसारका लागि जाने बताएको उनका एक सहयोगीले जानकारी दिए ।

नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एक ढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएको ती सहयोगीले जानकारी दिए ।



तपाईको प्रतिक्रिया