Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिरवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो एक करोड धरौटी


चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा अदालतले एक करोड धरौटी मागेको छ ।

न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले मंगलबार लामिछानेसँग उक्त धरौटी मागेको अदालतका तहसिलदार देवराज भट्टराईले बताए ।

उनीविरुद्ध सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा सहकारी ठगी मुद्दा छ । संगठित अपराधको अर्को मुद्दामा पनि उनी प्रतिवादी छन् ।

उनी आजै अदालतमा तारेखका लागि पुगेका थिए । त्यसपछि उनी उम्मेदवारी दर्ताका लागि चितवनमा गए ।



तपाईको प्रतिक्रिया