Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठराजनीतिकांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट दिए राजीनामा

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट दिए राजीनामा


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् ।

२०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए । नव निर्वाचित सभापति थापालाई आफ्नो ढंगले काम गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।

पुस २७–३० मा सम्पन्न विषेश महाधिवेशनबाट निर्वाचित सभापति थापा पार्टीका सचिव कृष्णप्रसाद दुलाललाई मुख्य सचिव बनाउने तयारीमा छन् । सभापतिमा निर्वाचित लगत्तै थापाले दुलाललाई मुख्य सचिव बनाउने बचन दिएको एक नेताले जानकारी दिए ।

विजयकुमार गच्छदारको तत्कालीन जनअधिकार फोरम २०७४ सालमा कांग्रेसमा विलय हुँदा दुलाललाई पार्टी सचिव बनाइएको थियो । पार्टी कार्यालयका सचिव विशेष महाधिवेशनको पक्षमा दुलाल खुलेर लागेका थिए ।



तपाईको प्रतिक्रिया