बालेनलाई ईको कटाक्ष : बहसमा चिप्लिनुभन्दा मञ्चन र नियोजित प्रस्तुति नै बेस
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच सार्वजनिक बहसलाई लिएर सामाजिक सञ्जालमा राजनीतिक बहस चर्किएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पुनः प्रतिस्पर्धा गर्न लागेका ओलीले आइतबार सामाजिक सञ्जालमार्फत भावी प्रधानमन्त्रीका आकांक्षी नेताहरूबीच सार्वजनिक बहस आवश्यक रहेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका थिए।
ओलीले लेखेका छन्, “नयाँ–पुराना सबै दलहरू चुनावी मैदानमा छन्। देश बनाउने र देश बिगार्ने प्रवृत्तिबीचको प्रतिस्पर्धामा नेकपा एमाले देश बनाउने पक्षमा छ। पब्लिक डिबेटमार्फत विगतमा के गर्यौँ र भविष्यमा कसरी काम गर्छौँ भन्ने एजेन्डा जनतासमक्ष राख्न म तयार छु।”
ओलीको उक्त स्टाटसलाई लक्षित गर्दै रास्वपाका नेता बालेनले कडा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जालमै कमेन्ट गर्दै बालेनले आफू ओलीसँग एउटै मञ्चमा उभिन नसक्ने बताएका छन्। उनले विगतका घटनालाई स्मरण गराउँदै गम्भीर आरोपसमेत अघि सारेका छन्। बालेनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र विरोधमा तीव्र प्रतिक्रिया देखिन थालेको छ।
यसैबीच, सामाजिक अभियन्ता ई:ईले पनि यस विषयमा प्रतिक्रिया जनाएका छन्। उनले सार्वजनिक बहस र डिबेट सजिलो विषय नभएको उल्लेख गर्दै बालेनको निर्णयप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
ई:ईले फेसबुकमा लेखेका छन्, “सार्वजनिक मञ्चमा डिबेट गर्नुभन्दा कोठामा बसेर स्टाटस लेख्नु सजिलो हुन्छ। भिडिओ अन्तर्वार्ता नदिने र डिबेट नगर्ने रणनीति चुनावी हिसाबले सुरक्षित हुन सक्छ।” उनले थपेका छन् कि गम्भीर विषयमा निष्पक्ष प्रश्न उठेमा अवस्था थप जटिल हुन सक्ने संकेतसमेत गरेका छन्।
ओलीको डिबेट प्रस्ताव, बालेनको कडा प्रतिक्रिया र सामाजिक अभियन्ताहरूको टिप्पणीसँगै सामाजिक सञ्जालमा राजनीतिक बहस थप तातेको छ। आगामी निर्वाचन नजिकिँदै जाँदा यस्ता सार्वजनिक अभिव्यक्तिहरूले राजनीतिक वातावरण अझ ध्रुवीकृत हुने संकेत देखिएको छ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया