Techie IT
  • आईतबार, फागुन १७, २०८२ / Sunday, March 1, 2026
गृहपृष्ठअर्थनितीनिर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा

निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा


निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार र उनीहरूका परिवारका सदस्यहरूको बैंक खातामा सूक्ष्म निगरानी सुरु गरेको छ। निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि धेरैले नगद कारोबार गरेको पाइएपछि आयोगले यो कठोर कदम चालेको हो।

चुनावी खर्चलाई पारदर्शी बनाउन निर्वाचन आचारसंहितामै बैंक खाता अनिवार्य गरिएको भए तापनि सो प्रावधानको उल्लंघन भएपछि आयोगले उम्मेदवारसहित निजका परिवारका सदस्यहरूको वित्तीय कारोबारमा समेत निगरानी बढाएको छ। निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक एवं आयुक्त सगुन शमशेर जबराका अनुसार, बैंकिङ प्रणालीभन्दा बाहिरबाट खर्च गर्ने उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघनको अभियोगमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।

हाल उम्मेदवारहरूको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत भइरहेको छ। आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिताको पूर्ण पालनाका लागि सबै सरोकारवालाहरूलाई आग्रह समेत गरेको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट