काठमाडौं ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायूको प्रभाव छ । तर मनसुनी वायु कमजोर रहेको तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भागमा साधारणतया मौसम बदली रही बाँकी भागमा आंशिक बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ । थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गएराति काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । जाजरकोट आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । जाजरकोटको जगातीपूर र कोटजहारी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै झण्डै २९ मिलिमिटर वर्षा मापन भएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया