तनहुँ । यहाँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथि निर्माणाधीन पुल पाँच वर्षमा पनि सम्पन्न भएको छैन । हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
व्यास–३ र ऋषिङ–१ जोड्ने उक्त पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेको हो । पटक–पटक ताकेता गरेपछि निर्माण कम्पनीले हालै पुनः काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्र तिवारीले जानकारी दिए । उनले भने, “पुलको ‘स्टिल पाटर्स’ निर्माण हुने भएकाले फेब्रिकेसन भइसकेको छ ।”
दुई ‘स्पाम’ मध्ये चालु आर्थिक वर्षमा एक ‘स्पाम’ निर्माण पूरा हुनेगरी काम गरिरहेको र बाँकी अर्को एक ‘स्पाम’ निर्माणका लागि निर्माण कम्पनीले भारतबाट समान ल्याइसकेको पूर्वाधार कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा पुल निर्माण भइरहेको हो । कार्यालयका अनुसार पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । १५५ मिटर लामो पुलको चौडाइ ९ दशमलव ५० मिटर हुनेछ ।
पाइल फाउण्डेशनमा निर्माण हुने पुल ‘स्टिल ट्रस’ को हुनेछ । उक्त पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्यादसहित विसं २०७७ चैत २३ गते शिलान्यास गरिएको थियो । हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ चैतसम्म म्याद थप गरिएकोमा उक्त अवधिभित्र सम्पन्न गर्ने ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया