दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
कटारी। उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ ।
एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि दुबई हिँडे पनि सम्पर्कमा नआएका उनी म्यानपावरमा सोधीखोजी गर्दा स्वास्थ्यमा समस्या आएकाले दिल्ली ट्रान्जिट गरी अस्पतालमा छाडेको एयरलाइन्सले जानकारी दिएको थियो । तर अस्पतालमा खोजी गर्दा फेला नपरेको पारिवारिक स्रोतले जनाएको थियो ।
दर्नालको आर्थिक अवस्था कमजोर रहेकाले वडाध्यक्ष प्रेम मगरले वडाबाट निःशुल्क उपचारका लागि आवश्यक प्रक्रिया पूरा गरी नगरमा सिफारिस गरेर पठाइसकेको बताए । ‘बेपत्ता भएपछि खोजीका लागि पहल गर्दा पनि भेटिएको थिएन’, वडाध्यक्ष मगरले भने, ‘सामाजिक सञ्जालमै दिल्लीमा अलपत्र परेको सार्वजनिक भएपछि उनलाई उद्धार गरेर ल्याएर उपचार भइरहेको छ ।’
बेवारिसे अवस्थामा भेटिएका दर्नालको खुट्टाको औँलासमेत काटिइसकेको अवस्थामा फेला परेको जनाइएको छ । वैदेशिक रोजगारीका लागि दुबई उडेका दर्नाल भारत ट्रान्जिट हुँदा छुटे वा कसरी दिल्लीमा अलपत्र परे भन्ने बारे अझै खुल्न नसकेको पनि वडाध्यक्ष मगरले बताए ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया