आमाको दूधको विकल्प खोज्न नहुनेमा सरोकारवालाको जोड
वालिङ। सरोकार भएका निकायका प्रतिनिधिले शिशुका लागि आमाको दूधको विकल्पमा प्रयोग गरिने वस्तुले आमा र बच्चाको स्वास्थ्यमा जोखिम बढाउने भएकाले विकल्प खोज्न नहुने बताएका छन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाद्वारा वालिङमा आयोजित कार्यक्रममा पछिल्लो समय आमाको दूधको विकल्पमा अन्य खाद्यवस्तुको प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका हुन् ।
प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले शिशुको स्वास्थ्य रक्षा गर्दै स्तनपानको महत्वलाई प्रवर्द्धन गर्न सरोकार भएका निकायका प्रतिनिधिले सर्वसाधारणलाई सचेत गराउनुपर्नेमा जोड दिए ।‘स्तनपानले आमा र बच्चा दुवैको स्वास्थ्यमा सकारात्मक फाइदा पुग्ने भएकाले आमाको दूध अमृतसमान मानिएको छ’, उनले भने, ‘स्तनपानको महत्त्व, विद्यमान ऐनमा भएका प्रावधानलगायत विषयमा जानकारी गराउँदै जनचेतना जगाउनका सरोकार भएका सबै लाग्नु जरुरी छ ।’
पछिल्लो समय स्तनपान गराउने आमाको सङ्ख्या घट्नु र बजारमा पाइने ‘फर्मुला मिल्क’को प्रयोग बढ्दो अवस्थामा रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख नेपालीले बताए । आमाको शैक्षिक तथा पारिवारिक अवस्थाले पनि स्तनपानमा फरक पार्ने गरेको उनको बुझाइ छ ।
‘स्तनपानले सन्ततिको शारीरिक विकासदेखि मानसिक स्वास्थ्यमासमेत गम्भीर असर पार्न सक्छ’, प्रमुख नेपालीले भने, ‘बच्चा जन्मिएको एक घण्टाभित्र र छ महिनासम्म आमाको दूध अनिवार्य रूपमा खुवाउन पर्छ । साथै थप पूरक आहारसँगै दुई वर्षसम्म स्तनपान गराउनु अनिवार्य हुन्छ ।’
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरण नियन्त्रण गर्ने ऐन तथा स्तनपानसम्बन्धी सरोकार भएका निकाय, स्वास्थ्यकर्मी, औषधि पसल, फार्मेसी, स्वास्थ्य क्लिनिक तथा स्थानीय अगुवालाई यसका बारेमा जानकारी गराइएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अधिकृत सृष्टि लम्सालले बताइन् ।
बजारमा उपलब्ध हुने शिशु आहार (फर्मुला मिल्क) को बढ्दो प्रयोग र त्यसका भ्रामक विज्ञापनलाई नियन्त्रण गर्न ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो ।विसं २०४९ को ऐन अनुसार आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण गर्नेलाई कानुन अनुसार दण्ड र सजाय हुने भएकाले अनुगमन अगाडि बढाइने वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डेले बताए ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया