नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
नेपाल अहिले चुनौतीपूर्ण मोडमा छ। भर्खरै भएका आन्दोलन र बेथिति हेर्दा स्पष्ट हुन्छ — राष्ट्रको नेतृत्वले गम्भीर असफलता बेहोरेको छ।
त्यो असफलता राजनैतिक दलहरूको मुख्य नेतृत्वमा लामो समयसम्म रहेका र सत्ताको केन्द्रमा आलोपालो नेतृत्व गरिरहेका शीर्ष नेतृत्वको त हो नै, तर त्यो त्यतिमा मात्रै सीमित छैन। भ्रष्टाचार, अनियमितता, कानुनी राज्यका आधारभूत मान्यताको उल्लंघन र जनआवश्यकतालाई बेवास्ता गर्दा राज्य संरचनाको ढाँचाभित्रै खोक्रो बनेको देखिन्छ।
यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो ऐतिहासिक दलले आत्मसमीक्षा मात्र गर्ने होइन, गहिरो रूपान्तरणको मार्ग खोज्नैपर्छ। यो लेखमा नेपाली कांग्रेसका वर्तमान चुनौतीहरूको विश्लेषण गरी तलबाट उठेर कसरी पार्टीको पुनर्निर्माण गर्ने भन्ने विषयमा व्यावहारिक मार्गचित्र प्रस्तुत गर्ने प्रयास गरेको छु।
जेन–जी युवाहरूले उठाएका मुख्य मागहरू भ्रष्टाचार अन्त्य, पारदर्शिता सुनिश्चित गर्ने व्यवस्था र नेतृत्वमा जबाफदेहिताको संस्कृतिको विकास केवल मन्त्रीहरूको राजीनामा वा मन्त्रिपरिषद फेरबदलले मात्र पूरा हुन सक्दैन। किनकि समस्या केही दर्जन नेताहरूको मात्रै भन्दा पनि संरचनागत हो।
सुरक्षाका निकाय, प्रशासकीय कर्मचारी, सञ्चारका अगुवा र नागरिक समाजजस्ता महत्त्वपूर्ण स्तम्भहरूले आफ्नो जिम्मेवारी समयमा पूरा गर्न असफल हुँदा राज्य कमजोर देखिएको छ र जनविश्वासमा गम्भीर रूपमा ह्रास आएको छ। त्यसैले दोषारोपणलाई व्यक्तिमा मात्र सीमित नगरी दल र संस्थागत संरचनामा खोज्नु जरूरी छ। दीर्घकालीन समाधानका लागि पारदर्शिता, जबाफदेहिता र प्रभावकारी नियन्त्रण संयन्त्रलाई संस्थागत रूप दिनु अपरिहार्य भइसकेको छ।
यस पटकको आन्दोलन कुनै साधारण असन्तुष्टिको स्वर थिएन यो नयाँ पुस्ताका युवाहरूको भविष्य निर्माण गर्ने दृढ आकांक्षा थियो। विद्यार्थीहरू, सचेत नागरिकहरू र समाजका सक्रिय सदस्यहरूले बहुमूल्य बलिदान र जोखिम मोल्दै सडकमा ओर्लेर देखाएको ऊर्जाले हामी सबैलाई झकझक्याइदिएको छ।
उनीहरूको आवाज केवल विरोध होइन, परिवर्तनको संकल्प हो। यही संकल्प पुराना दलहरू, विशेषतः कांग्रेसका लागि गम्भीर चेतावनी हो।
किनकि यो आन्दोलनले प्रस्ट पारेको छ — सार्वभौम ढाँचामा बनेका संरचनाहरू आन्तरिक रूपमा कमजोर छन् र सानो झोँकाले पनि ठप्प पार्न सक्छन्, गर्ल्यामगुर्लुम ढल्न सक्छन्।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया