मैले ‘दिव्य डिभाइस’ बाट देखेको कुरूक्षेत्र काठमाडौं!
भदौ २३ गते सोमबार — यता अमेरिकामा एकाबिहानै आँखा खुल्नासाथ मोबाइल स्क्रिनमा रगत लतपतिएको एउटा बेवारिसे जुत्ताको फोटो देखेर मेरा गोडा कामे। जुत्ताको तुना बाँधेर काममा निस्किन पाइलै सरेन। आँखाहरू मोबाइलमै टाँसिए, मन काठमाडौंतिर बत्तियो।
एकपछि अर्को यस्ता दृश्य हेर्दै गर्दा यस्तो लाग्यो — मानौं म मोबाइलमा काठमाडौं होइन, कुरूक्षेत्र हेर्दैछु।
मेरो नियति महाभारतका सञ्जयकै जस्तो निरीह थियो। देख्न सक्छु हत्या, सुन्न सक्छु चित्कार तर गर्न केही सक्दिनँ।
सञ्जयलाई ऋषि वेदव्यासले दिव्यदृष्टि वरदान दिएको कथा छ। मेरो हातमा चाहिँ विज्ञानले दिएको ‘दिव्य डिभाइस’ थियो। त्यही दिव्य डिभाइसमा कुरूक्षेत्र बनेको काठमाडौंको सबै वृत्तान्त देखेपछि यो निष्कर्षमा पुगेँ — डिभाइस दिव्य होस् या दृष्टि, दृश्य आततायी भएपछि मिल्ने भनेको पीडा नै रहेछ!
वेदव्यास चाहन्थे, युद्ध देख्ने त्यो दिव्यशक्ति राजा धृतराष्ट्रलाई नै दिऊँ। तर युद्धको विभीषिका सामना गर्न सक्दिनँ भन्ने ज्ञान थियो सायद धृतराष्ट्रलाई। त्यसैले जन्मान्ध भए पनि युद्ध देख्ने दिव्यदृष्टिको ‘अफर’ उनले स्वीकार गरेनन्।
महाभारत कथाले भन्छ — भूत, वर्तमान र भविष्य जान्ने ऋषि वेदव्यास युद्धको संघारमा हस्तिनापुर दरबार पुग्छन्। सुरूमा युद्ध टार्न राजालाई सुझाउँछन्। तर पुत्रमोहले राजधर्म गुमाएका धृष्टराष्ट्रलाई कसैगरी शान्तिका निम्ति मनाउन सक्दैनन्।
उनीहरूको संवाद पढ्दा लाग्छ — सत्ताको उन्माद र अहंकार परापूर्व कालदेखि आजका शासकसम्म उसैगरी निरन्तर छ।
‘भीष्मपर्व’ मा धृतराष्ट्रलाई व्यास भन्छन्, ‘तिम्रा पुत्रहरू र अन्य राजाहरू मृत्युको नजिक छन्। ती लडाइँमा एकत्र भएर एकअर्कालाई मार्छन्। तिमीले त्यो नरसंहार टार्न सकेनौ तर हेर्न सक्छौ।’
युद्ध हेर्ने अभिलाषा नभए पनि धृतराष्ट्र सुन्ने इच्छा व्यक्त गर्छन्। त्यसपछि त्यो दृव्यदृष्टिको शक्ति सञ्जयको पोल्टामा पर्छ।
व्यास भन्छन्, ‘अब युद्धको सबै वृत्तान्त सञ्जयले तिमीलाई सुनाउँछन्। युद्धको कुनै पनि कुरा यिनीबाट छिप्दैन। यिनको शक्तिले दिनको घटना होस् या रातको, वा कसैको मनमा उत्पन्न विचार नै किन नहोस्, सबै थाहा पाउन सक्छ।’
यो पौराणिक कालको कुरा भयो। यसमा कति यथार्थ होला, कति कल्पना!
तर कतिपय यस्ता मानवीय स्वभाव छन् जसले जहिले पनि समाजलाई द्वन्द्वतिरै धकेलिरहन्छ। र, चलिरहन्छ महाभारत।
‘हजुरबाहरू, तपाईंहरूले हामीलाई बुझ्न सक्नुभएन। अहंकारले हेरेर यथार्थ देखिँदैन। भ्रष्ट आचरण, संकीर्ण सोच र अहमको कुर्सीमा बसेर हाम्रो नेतृत्व नगर्नुस्, तपाईंहरू हट्नुस्!’ जेन–जीले भनेको यत्ति हो।
त्यो हाँक थियो पुरानो, रूग्ण विचार र भ्रष्ट कार्यशैलीविरूद्ध।
त्यही हाँकले सुरू भएको जेन–जी अभियान नाति पुस्ताले हजुरबा पुस्तालाई दिएको चुनौती, गरेको खबरदारी र सिकाउन खोजेको पाठ थियो।
नेपालको नयाँ पुस्ता राजनीति बुझ्दैन, बुझ्न चाहँदैन र विदेश पलायन नै उनीहरूको एक मात्र लक्ष्य हो भन्ने भाष्य बनिरहेका बेला एउटा अलग्गै तप्का आन्दोलनमा ओर्लिएको थियो।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया