सामाजिक कामको अग्रमोर्चामा अभियान्ता राज मैनाली
रामेछाप ।
सुनापती गाउँपालिका वार्ड नं ४ रामेछाप साविक बेथान गाविस वार्ड नं ७ स्थायी घर भएका श्री राजकुमार मैनाली जसलाई सामाजिक सञ्जालमा प्रिन्स मैनालीको नामबाट चिनिन्छ। श्री डहु माविबाट कखरा सुरु गरी टियुबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएको मैनाली हाल सामाजिक काममा सक्रिय रूपमा खटिनुभएको छ। जनआन्दोलनमा युवाहरूको प्रतिनिधित्व गर्दै सहभागी भएका मैनाली त्यसपछिका विभिन्न समाज रूपान्तरणका आन्दोलन होस् या त विभिन्न कार्यक्रममा सबैमा सक्रियपूर्वक सहभागी रहनुभएको छ।
२००७ एडीमा काभ्रेको मङ्गलटारमा भएको मोतियाबिन्दुको आँखा शिविरमा उहाँको सक्रिय भूमिका रहेको थियो भने उहाँकै नेतृत्व र उहाँकै अनुरोधमा नेपालथोकमा पनि क्याम्प राखिएको थियो। सो शिबिरमा सिन्धुली, रामेछाप, काभ्रेबगरी ५०० भन्दा बढी आँखाका बिरामीहरूको मोतियाबिन्दुको निःशुल्क अपरेसन गरेको थियो सोबबेला उहाँले एक हप्तासम्म सक्रिय स्वयंसेवा र स्वयंसेवकको रुपमा खटिनुभएको थियो। बीपी राजमार्ग निर्माणको क्रममा रहेको बेला नेपाल काठमाडौँदेखि बनेपा हुँदै नेपालदोकसम्म सार्वजनिक सवारी सञ्चालन भएको बेला रामेछापको जनताको लागि पैदल हिँड्न नेपालथोक पारिपट्टिको बाँदरेको भिरमा होस् या लुबु बजार (रामेछाप पारी)को भिरमा होस् उहाँको सक्रियतामा केही रकम सहयोग उठाई घोरेटो बाटो खोल्ने काम भएको थियो भने खैरेनीघाट सुनकोशी वारपार गर्नको लागि त्यहाँका जनतालाई सहज होस् भनी बागसिं माझीलाई र्याफ्टिङ्ग नै खरिद गरी सहयोग गर्नुभएको थियो।
२०७२ सालको भूकम्पमा उद्धार र राहतमा सक्रिय रूपमा स्वयंसेवक गर्नुभएका मैनाली २०७६ सालमा विश्वमा आक्रान्त पारेको कोभिड महामारीमा बीपी राजमार्गमा निःशुल्क खाना खुवाई धेरैलाई काभ्रे रामेछाप र सिन्धुलिको जनप्रतिनिधि सङ समन्वय गरि उद्धार गरिएको थियो भने सुनापती गाउँपालिकाको विपद व्यवस्थापन एवं कोभिड नियन्त्रण कोषमा २५ हजार तत्कालीन गाउँपालिका अध्यक्ष धावा लामा र प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरी सुनापती गाउँपालिका कै पहिलो विपद व्यवस्थापनको कोष खडा गर्ने व्यक्ति बन्नुभयो सोहीबेला नेपालथोकमा तीन जिल्ला (रामेछाप काभ्रे सिन्धुली) को सुरक्षा निकायको प्रमुखहरुलाई संयुक्त बैठक आयोजना गरी कोभिड नियन्त्रण र त्यस बेलामा हुने विभिन्न अपराधिक गतिविधि नियन्त्रणमा उहाँको भूमिका प्रमुख रहेको थियो।
रामेछाप सिन्धुलिमा कोरोनाले सिल गरेको स्थानमा स्वास्थ्यकर्मी सहित विभिन्न सहयोगी दाताहरुसँग समन्वय गरीएको सिल गरिएको क्षेत्र अथवा रेड जोनका कोभिड संक्रमितलाई औषधि उपचार सहित सान्त्वना दिने कार्यमा अग्र मोर्चामा उभिने व्यक्तिको रूपमा परिचित छन मैनाली…. जाजरकोट केन्द्र बनाएर गएको भूकम्पमा पश्चिम नेपालले धेरै क्षति बेहोर्नुपरेको त्यस ठाउँमा उहाँ सहितको टिमले १५ दिन त्यहाँका जनतालाई भूकम्पको घाउमा मलम लगाउने काम गर्नुभएको थियो। जहाँ विद्यालय, स्वास्थ्य क्षेत्र, सरकारी कार्यालय र विभिन्न व्यक्तिको घरहरूमा उहाँहरुले उद्धार तथा जोखिम व्यवस्थापन कार्यमा स्वयंसेवाको रूपमा खटिनुभएको थियो।
गत साल २०८१ असोज १० र ११ गतेपछिको १२ गतेको बाढीले क्षतिग्रस्त रोशी खोला खोलामा फसेको सवारी साधन र त्यसमा फसेका बिरामी यात्रुहरूको उद्धारमा सक्रिय रूपमा खट्नु भएको मैनाली बीपी राजमार्ग खुलाउन सुरक्षा निकाय, सडक विभाग र नेपाल सरकारसँग समन्वय गरी उहाँ आफै सक्रियपूर्वक खोलाको बगरमा खटिनुभई राजमार्ग सुचारु गर्न सहयोग गरेको थियो र बाढी प्रभावित क्षेत्रको जनताको गाँस, वास कपासको लागि विभिन्न संघसंस्थासँग उहाँले समन्वय गरी धेरैलाई राहत वितरण गर्नु भयो । उहाँ रेडक्रस सोसाइटी, नेपाल स्काउट, होटल तथा पर्यटन व्यवसाय संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ लगायत विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्छ।
सुनापती गाउँपालिकाभित्रको २०८१ को भारी वर्षाले भत्केको ७३ घरधुरीभन्दा माथिका पीडितहरूलाई जिल्ला रेडक्रसको टिम सहित उहाँकै नेतृत्वमा पाँचैवटा वडा र गाउँपालिकासँग समन्वय गरी पुननिर्माण पहल र पहिलो किस्ता राहत हस्तान्तरण गरिसकेको छ। हाल उहाँ सुनापति गाउँपालिका रेडक्रस सोसाइटीका सचिव र नेपाल स्काउट सुनापती गाउँपालिकाका प्रमुख आयुक्त एवं एडभान्स लिडर र प्रदेश स्काउट विपद व्यवस्थापनको मूल कमिटी सदस्यमा हुनुहुन्छ।
नेपाल स्काउटको विभिन्न तालिममा सहभागी हुँदै विपद सम्बन्धी सचेतना गर्ने मैनाली हाल क्षतिग्रस्त बीपी राजमार्ग खुलाउन सक्रिय सहभागी हुनुभयो र रोशीखोला ड्राइभरसन गर्न होस् या विपद व्यवस्थापन गर्न होस् ड्राइभर्सन निर्माणमका विविध विवादहरुको समस्या समाधान गर्दै विभिन्न गापा, सडक विभाग र यातायात मन्त्रालयसँग समन्वय गरि बीपी राजमार्ग खुलाउन महत्वपूर्ण कार्यमा सहयोग गर्नुभएको छ। प्रोफेस्नल व्यावसायिक मध्यस्थता एवं मेलमिलापकर्ता मैनाली विभिन्न अन्तर्राष्ट्रिय फोरममा सहभागी हुनुभएको छ ।
मैनालीले दक्षिण कोरिया, चिन, बङालादेश सहित पाँच राष्ट्रको भ्रमण गर्नुभएको छ। संयुक्त राष्ट्रसङ्घले सुरु गरेको (एसडिजीएस) दिगो विकासका लक्ष्य कार्यक्रम अन्तर्गत APR SDGs education मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु भई नेपालको ग्रामीण भेगमा शिक्षा र सीपलाई महत्वको साथ लिँदै दीर्घकालीन शैक्षिक सुधार र सुशासनसहितको भ्रष्टाचारमुक्त समाज निर्माणमा निस्वार्थ लाग्नुभएको मैनाली लामो समय नेपाल कम्युनिस्ट पार्टी एमाले र राष्ट्रिय युवा संघ नेपालको बागमती प्रदेश कमिटी हुँदै केन्द्रिय बिभाग र अनुशासन आयोग लगायत विभिन्न कमिटीमा रहि काम गरेका मैनाली कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीको २०८२ मंसिर १७ (2025 dec 2) गते काठमाडौको कमलादी प्रज्ञा भवनमा भएको घोषणा सभामा एमाले परित्याग गरेको मैनाली लाई उज्यालो नेपाल पार्टीको केन्द्रिय युवा तथा बिध्यार्थी बिभागको प्रमुखमा मनोनीत गरेको छ युवा नेता मैनाली घोषणा सभा भए देखि सकृय रुपमा संगठन निर्माणमा लाग्नु भएको छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया