‘एनपिएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ’
काठमाडौँ, ६ मङ्सिरः
विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग (एनपिएल) नेपाली खेलाडीको स्तरवृद्धिका लागि महत्त्वपूर्ण रहेको बताउनुभएको छ । आज सम्पन्न काठमाडौँ गोर्खाजविरुद्धको खेलमा विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा जिसीले एनपिएल आफ्नो क्षमता प्रदर्शन गर्ने राम्रो ‘प्लेटफर्म’ रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “एनपिएलबाट नेपाली खेलाडीको स्तरवृद्धि हुन्छ । यो विदेशी खेलाडीबाट सिक्ने मौका पनि हो । यहाँ राम्रो प्रदर्शन ग¥यो भने भोलि माथिल्लोस्तरको क्रिकेट पनि खेल्ने ढोका खुल्नेछन् ।” यस्तै, काठमाडौँ गोर्खाजका अलराउन्डर आदिल आलमले पनि एनपिएलले खेलाडीको सीप वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले एनपिएलले नेपाली खेलाडीलाई सबै हिसाबले सहयोग पु¥याएको बताउनुभयो । विराटनगरले आज काठमाडौँलाई पाँच विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको छ ।
ताजा अपडेट
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
- बालबालिकामा कुष्ठरोगको सङ्क्रमण बढ्दो: १६ जिल्ला अझै उच्च जोखिममा
- ट्रम्पको प्राथमिकतामा इरानसँगको कुटनीति: आणविक हतियार रोक्ने अडान यथावत
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया