नेपालको लगातार दोस्रो हार, नेदरल्यान्ड्स सुपर–६ मा प्रवेश
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले लगातार दोस्रो हार बेहोरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित भयो । यस जितसँगै नेदरल्यान्ड्स प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सुपर–६ चरणमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । जवाफमा नेपाल अन्तिम ओभरसम्म संघर्ष गरे पनि ७ विकेटको क्षतिमा १३८ रनमै सीमित हुन पुग्यो ।
नेपालका लागि ओपनरद्वय विन्दु रावल र सम्झना खड्काले आक्रामक सुरुआत दिलाए । विन्दुले १५ बलमा ४ चौकासहित १८ रन बनाइन् भने सम्झनाले ८ बलमा ३ चौकाको मद्दतमा १४ रन जोडिन् । तर विन्दुको दुर्भाग्यपूर्ण रनआउटपछि नेपालले लय गुमायो ।
त्यसपछि पूजा महतो, कप्तान इन्दु बर्मा, काजल श्रेष्ठ र कविता कुँवर सस्तैमा आउट हुँदा नेपाल दबाबमा पर्यो । कविता जोशीले १८ बलमा १३ रन बनाउँदै इनिङ्स सम्हाल्ने प्रयास गरिन् । अन्त्यतिर रुविना क्षेत्री र सीता रानामगरले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित नजिक पुर्याए । रुविनाले ३२ बलमा ५ चौकासहित अविजित ३७ रन बनाइन् भने सीताले १२ बलमा ४ चौका र १ छक्कासहित अविजित २७ रन जोडिन् ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन आवश्यक थियो । तर ११ रन मात्र आएपछि नेपाल २ रनले पछि पर्यो । अन्तिम बलमा छक्का लागे खेल बराबरी हुने सम्भावना थियो, तर त्यो सम्भव हुन सकेन ।
यस खेलमा रुविना क्षेत्रीले अर्को महत्वपूर्ण कीर्तिमान पनि कायम गरिन् । उनी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट १ हजार रन पूरा गर्ने दोस्रो खेलाडी बनिन् । यसअघि कप्तान इन्दु बर्माले यो उपलब्धि हासिल गरिसकेकी छन् ।
नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिड र स्टेर कालिसले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । बाबेट डे लिड अर्धशतकबाट एक रनले चुकेर ४९ रनमा आउट भइन् भने कालिसले ३० रन जोडिन् । अन्त्यतिर रोबिन रिज्के (अविजित १९) र आइरिस ज्वेलिङ (अविजित १४) ले टोलीको स्कोर १४० सम्म पुर्याए ।
नेपालका लागि बलिङतर्फ रुविना क्षेत्रीले २ विकेट लिइन् भने सुमन (सोमु) बिष्ट, पूजा महतो र रिया शर्माले समान १–१ विकेट हात पारे ।
लगातार दोस्रो हारसँगै नेपालको सुपर–६ यात्रा जटिल बनेको छ भने नेदरल्यान्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।
ताजा अपडेट
- जापान सरकारद्वारा नाबालिगहरूको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान
- दिल्ली होटल आगलागी : २१ को मृत्यु
- कुरुवाघर सञ्चालनपछि प्रसूति र कुरुवा लाभान्वित
- एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
- तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
- एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला सुरू
- टाइफुन जाङ्मी जापानमा अवतरण, बाढीको चेतावनी कायमै
- युक्रेनमा भीषण आक्रमण
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया