१७ भदौ, बैतडी । बैतडीमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ५ बजेको समयमा जिल्लाको सुर्नया गाउँपालिका–२ लिस्किटामा जिप दुर्घटना भएको हो ।
जिल्लाको सतबाजबाट रामकीबरायलतर्फ जाँदै गरेको बाप्र.०३१ च ९३६८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा जिपमा सवार ११ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका पवबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
घाइते हुनेमा सुर्नया–२ का ६५ वर्षीय हजारी बिष्ट, सुर्नया–२ कै ३१ वर्षीया सुशीला भण्डारी र ७ वर्षीया दिप्ती बिष्ट, सुर्नया–६ रिगाकी २० वर्षीया दिपिका कुँवर, सुर्नया–५ स्वालीका ३० वर्षीय हरिस विक, ४३ वर्षीय तिलक चन्द र ३० वर्षीय दिपक चन्द रहेका छन् ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको र हजारी बिष्टको अवस्था मध्यम रहेको बताइएको छ ।
जिप चालक सुर्नया गाउँपालिका–५ रौलेश्वरका २८ वर्षीय रोशन बिष्ट भने दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।
उनको खोजी भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
साभार : अनलाइनखबर
ताजा अपडेट
- बैतडीमा जिप दुर्घटना हुँदा ७ जना घाइते
- प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तको डीएनए प्रोफाइलिङ सुरु
- श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव
- हामी भनिरहेका छौं- सरकारको साथमा छौं, सरकार भन्छ- हाम्रो मर्जीले गर्छाैं
- प्रचण्डको प्रश्न : प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ यो के तरिका हो
- मन्दिरको जग्गा व्यक्तिको नाममा,एयरपोर्टको जग्गामा गडबडी
- भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
- पानीको बोतल लिन जाँदा बस छुट्यो, अहिले भन्छन्– भगवान्ले बाटो छेकेका रहेछन्
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया