चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव शर्मालाई
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई अध्यक्ष नियुक्त नभैञ्जेलसम्म कामकाज हेर्ने गरि चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
उनलाई मंगलबारको मन्त्रस्तरीय निर्णयले बोर्डको जिम्मेवारी तोकेको मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालले बताए । शर्माले बुधबारदेखि कार्यभार थालेका छन् ।
‘उहाँलाई अध्यक्षमा नियुक्त नभइ त्यतिञ्जेलसम्म काम गर्न जिम्मा दिइएको हो’ पौड्यालले भने ।
बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया चाँडै सुरु गरिने जानकारी उनले दिए । ‘सचिवज्यू बाहिर हुनुहुन्छ । बाढी लगायतका कारणले केही ढिला भएको हो । चाँडै खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरि अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु हुनेछ’ उनले भने । ११ भदौमा दिनेश डीसीको कार्यकाल सकिएपछि अध्यक्ष पद रिक्त छ ।
साभार : अनलाइनखबर
ताजा अपडेट
- चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी सहसचिव शर्मालाई
- ग्यास सिलिन्डर ढुवानीबारे मकवानपुर सीडीओ कार्यालयमा छलफल जारी
- इनारमा खसेको बाख्रा निकाल्न पसेका युवकको मृत्यु
- बाढी पीडितका लागि शिक्षादीपको साढे १२ लाख सहयोग
- कञ्चनपुरमा जग्गा विवादमा भाइमाथि कुटपिट, दिदी-भिनाजु पक्राउ
- प्रतिनिधिसभाको बैठक बस्दै, सभामुखले भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने
- कांग्रेस देउवा समूहको बैठक बस्दै
- अस्ट्रेलियाबाट दीपक खड्काले गरे बाढीपीडितका लागि ५१ लाख सहयोग
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया