५ वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार
काठमाडौं । नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८ शङ्कास्पद कारोबारको राष्ट्र बैङ्कले जानकारी पाएको छ।
नेपालमा भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) को कारोबार अवैध हो । बिटकोइन, इथेरियम जस्ता क्रिप्टो, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेट भर्चुअल सम्पत्तिभित्र पर्छन् । जसलाई व्यापार गर्न, स्थानान्तरण गर्न, भुक्तानी तथा लगानीका लागि प्रयोग गर्ने गरिन्छ ।
प्रतिवेदनअनुसार २०२१ जनवरीदेखि २०२५ जुलाईसम्ममा ६५८ शङ्कास्पद कारोबार र शङ्कास्पद गतिविधिको जानकारी राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाइले पाएको छ । सन् २०२१ मा १३, सन् २०२२ मा १७३, सन् २०२३ मा १३८ र सन् २०२४ मा २५२ वटा यस्तो कारोबार र गतिविधिको जानकारी एकाइलाई आएका छन् ।
त्यस्तै, २०२५ को जुलाई १६ सम्ममा ८२ कारोबार र गतिविधिको जानकारी राष्ट्र बैङ्कले पाएको छ । हालसम्म प्राप्त शङ्कास्पद कारोबार ‘रिपोर्ट’अनुसार सबैभन्दा धेरै ९१ प्रतिशतभन्दा बढी अर्थात् ६ सयवटा वाणिज्य बैङ्कका छन् । त्यस्तै, ४८ विकास बैङ्क, ६ वटा रेमिट्यान्स कम्पनी, दुई वित्त कम्पनी, एउटा भुक्तानी प्रणाली सञ्चालक र एउटा स्टक ब्रोकरसँग सम्बन्धित रहेको छ । यसरी जानकारीमा आएका शङ्कास्पद कारोबार र गतिविधिलाई राष्ट्र बैङ्कले विभिन्न निकायमा पठाउने गरेको छ ।
“हामीले जानकारीमा आएका शङ्कास्पद भर्चुअल सम्पत्तिको कारोबारसँग सम्बन्धित विवरण विभिन्न निकायलाई उपलब्ध गराएका छौं । थप अनुसन्धान गर्ने, अदालतमा मुद्दा अभियोजन गर्ने र त्यहाँ पुष्टि भएपछि मात्रै यस्तो कारोबार भए–नभएको यकिन हुने हो,” उनले भने।
भर्चुअल सम्पत्तिको शङ्कास्पद कारोबार गर्ने व्यक्तिको उमेर समूह हेर्ने हो भने ३५ प्रतिशत २६ देखि ३० वर्षका, २० प्रतिशत २१ देखि २५ वर्षसम्मका, २० प्रतिशत ३१ देखि ३५ वर्षका, १२ प्रतिशत ३६ देखि ४० वर्षका, १० प्रतिशत ४१ वर्षभन्दा माथि र तीन प्रतिशत १६ देखि २० वर्ष उमेर समूहका रहेका छन् । यस्तो शङ्कास्पद कारोबारमा सबैभन्दा धेरै २९ प्रतिशत विद्यार्थी रहेको पाइएको छ । त्यस्तै, २१ प्रतिशत जागिरे, १९ प्रतिशत विभिन्न व्यवसायका मालिक, पाँच प्रतिशत कृषि, दुई प्रतिशत इञ्जिनियर, नौ प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्ति तथा चार प्रतिशत स्वरोजगार रहेका छन् ।
चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी समान एक–एक प्रतिशत छन् । २६ प्रतिशत व्यक्तिको बैङ्क अकाउन्ट बाइनान्स, क्रिप्टो, विटक्वाइन, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता भर्चुअल सम्पत्तिको खरिद–बिक्रीमा जोडिएको भनेर उनीहरुकै बैङ्क स्टेटमेन्टबाट देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, १६ प्रतिशत व्यक्ति भर्चुअल सम्पत्तिको कारोबारमा संलग्न रहेको भनेर विभिन्न अनौपचारिक स्रोतबाट र इमेलबाट जानकारी पाएको, दुई प्रतिशत व्यक्तिले क्रिप्टो व्यापारका लागि अर्को व्यक्तिको बैङ्क खाता प्रयोग गर्ने ९मनी म्युल० को प्रयोग गर्ने गरेका कारण शङ्कामा परेको राष्ट्र बैङ्कले जनाएको छ ।
त्यस्तै, पाँच प्रतिशत क्रिप्टो विटक्वाइन तथा स्केल टोकन खरिदका लागि डलर कार्डको प्रयोग गर्ने गरेको, दुई प्रतिशत ग्याम्बलिङ र क्रिप्टोमा संलग्न भएको, दुई प्रतिशत क्रिप्टो र हुन्डीमा संलग्न रहेको तथा चार प्रतिशतले क्रिप्टो फ्रड अर्थात् अरू व्यक्तिले त्यस्तो कारोबारका लागि प्रेरित गरेको प्रतिवेदनमा उल्लेख छ । बयालिस प्रतिशत भने उनीहरुको कारोबारको अवस्था हेरेर शङ्कामा परेको प्रतिवेदनमा जनाइएको छ । उनीहरुको बैङ्क खातामा पटक–पटक रकम जम्मा गर्ने र झिक्ने गरेको पाइएका कारण शङ्कास्पद कारोबारका रुपमा चित्रित गरिएको प्रतिवेदनमा उल्लेख छ ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया