टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको हो ।
नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ ।
बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना दिए ।
प्रशिक्षक स्टुअर्ट लले पनि विश्वकपमा राम्रो गर्ने विश्वास व्यक्त गरे ।यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘तयारी धेरै राम्रो देखिएको छ, कुनै प्रश्न छैन । भारतसँग कन्डिशन पनि मिल्छ । राम्रो प्रदर्शन गर्नुहोला, शुभकामना छ’, चन्दले भने।
कप्तान रोहित पौडेलले तयारी निकै राम्रो भएको बताए । ‘तयारी राम्रो भइरहेको छ । अभ्यासले पनि राम्रो बिल्डअप भएको जस्तो लाग्छ’, रोहितले भने, ‘सन् २०२५ एकदम राम्रो भएको थियो । आशा छ यो वर्ष पनि राम्रो हुने छ । हामी समग्र नेपालीलाई प्राउड फिल गराउने छौं ।’
नेपाली क्रिकेट टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ ।
विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।
ताजा अपडेट
- सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
- सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
- मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल
- नेकपा संयोजक दाहाल स्वदेश फिर्ता
- कुतियाकवरवासी: डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
- प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
- भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन
- नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया