मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चन्द
बैतडी — प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता चतुर बहादुर चन्दले मतदातासँग भेटघाट कार्यक्रम सुरु गर्नुभएको छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरीमोहन भण्डारीसँग केही मतान्तरले पराजित भएपनि चन्द मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्न थाल्नुभएको हो ।
यसैक्रममा उहाँले मंगलबार बैतडीको शिवनाथ गाउँपालिकामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ । कार्यक्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै चन्दले निर्वाचनका क्रममा आफूलाई दिएको समर्थन र सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
भेटघाटका क्रममा चन्दले लोकतन्त्रमा जनमत सर्वोपरि हुने भन्दै मतदाताको निर्णयलाई सम्मान गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि जनताका समस्या र आवश्यकताका विषयमा निरन्तर आवाज उठाउँदै जनतासँगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, सुभेच्छुक तथा सर्वसाधारण मतदाताको उपस्थिति रहेको थियो । चन्दले आगामी दिनमा जिल्लाका अन्य पालिकामा समेत यस्तै धन्यवाद तथा भेटघाट कार्यक्रम गर्ने बताउनुभएको छ ।
चन्द नेपाली कांग्रेस बैतडीका सभापती समेत हुन् ।
ताजा अपडेट
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
- धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
- आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा
- साढे ३०० बालबालिका छैनन् सम्पर्कमा, ५० बढी आमा-बुबाविहीन
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया