लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
काठमाडौँ, २० चैतः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ नगरपालिका–२६ गोङ्गबु मित्रनगरबाट दुई जना, दाङको घोराही उपमहानगरपालिका–१३ राधाकृष्ण टोलबाट, एक लम्कीचुहा नगरपालिका–४ कौवापुरबाट एक, रुपन्देहीको रोहिणी–४ सेमरहबाट एक र सोही पालिकाको वडा नम्बर ६ छिपागणबाट एक जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहबाट एक, झापाको गौरादह नगरपालिका–१ डिपुचोकबाट एक, भद्रपुर नगरपालिका–५ मेचीपुलबाट तीन, मोचीनगर नगरपालिका–६ काँकडभिट्टा बसपार्कबाट एक र मोरङको उर्लाबारी नगरपालिका–७ बाट एक जनालाई पक्राउ गरिएको छ ।
प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।
केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बिहीबार पक्राउ परेका हुन् ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया