लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
काठमाडौँ, २६ चैतः देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६ मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट एक, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका–५ मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–२ डुम्रेबाट छ, मेचीनगर नगरपालिका–६ काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका–५ फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका–२ रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका–६ बाट एक जनालाई पक्राउ गरिएको समाचारकक्षले आज प्रकाशन गरेको समाचार ‘बुलेटिन’मा जनाइएको छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया