काठमाडौँ, ५ असारः मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित ग¥यो । मेक्सिकोको जितमा लुइस रोमो नायक बने । उनले खेलको ५०औँ मिनेटमा गरेको गोल नै मेक्सिकोको लागि निर्णायक गोल सावित भयो ।
यस जितसँगै विश्वकपको समुह ‘ए’ मा रहेको मेक्सिकले दुई खेलमा ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मेक्सिकोले आफनो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । आज मेक्सिकोसँग पराजित भए पनि दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै रहेको छ ।
तीन अङ्क बटुलेको दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो । यसै समूहमा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एक/एक अङ्क छ । उनीहरुको पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ । विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपको नकआउट चरणमा ३२ टोली पुग्नेछन् । जसमा प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट उत्कृष्ट आठ टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा खेल्नेछन् ।
ताजा अपडेट
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
- रसुवा बाढी : सोमबार राति ८ बजेसम्म ९७४ शव फेला
- अमेरिकाले इरानमाथि फेरि गर्यो हमला, लाराक द्विपलाई निशाना बनाएर आक्रमण
- मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार
- धुर्कोटमा टिप्पर र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु
- भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
- ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति
- कांग्रेस संसदीय दलको बैठक बस्दै
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया