मेलम्चीकाे पानी काठमाडौं आउन बन्द,हेलम्बुका स्थानीय आन्दोलित
काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट पानी पथान्तरण रोकिएको हो।
मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन् भने माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन्।
यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित सङ्घर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीययले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईँ जानकारी दिए।
मेलम्ची आयोजना प्रभावित र बाढीपीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति रु १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि रु २० लाख अनुदान दिनुपर्नेलगायत माग राखेका छन्। स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लान नपाइने उनीहरूको भनाइ छ। उनीहरूले बाढीपीडितलाई आयआर्जनका कार्यक्रम लागू गर्न माग गरेका छन्। उनीहरूले १७ बुँदे मागका विषयमा ध्यानाकर्षण गराएका हुन्। यसअघि भएका सम्झौता कार्यान्वयन गर, मेलम्ची बाढीपीडित जिन्दावाद, पीडितका माग पूरा गरलगायत नारा लगाएका छन्।
विसं २०८१ असोज २३ गते सङ्घर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबीच सम्झौता भएको थियो।
तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले स्थानीयका मागमा सहमति जनाएका थिए। विसं २०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी आसपासका अधिकांश बासिन्दाका घरखेत पूर्ण रूपमा क्षति भएको थियो।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया